आइतबार, ३ असोज २०७८

रुपन्देहीमा मञ्जुश्री फाइनान्सका ४ नयाँ शाखा एकैदिन विस्तार

समयपोष्ट २०७८ भदौ २७ गते १९:५५

Advertisement

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बार्हौं, तेर्हौं, चौधौं र पन्ध्रौं शाखा एकैदिन संचालनमा ल्याएको छ ।फाइनान्सले रुपन्देहीको मुर्गिया,योगिकुटि, मणिग्राम, र भैरहवामा शाखा खोली कारोबार शुभारम्भ गरेको हो ।

मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्जमा ११ वटा शाखा रहेका थिए भने अब थप ४ सहित शाखा संख्या १५ पुगेको फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री