पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
समयपोष्ट
२०८२ असार २६ गते ११:१०
वीरगञ्जमा पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । वीरगञ्जस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदैउहाँले भन्नुभयो, “अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ ।”
प्रतिक्रिया