शनिबार, १५ वैशाख २०८१

भरतमणी उर्फ पूर्वयुवराज

समयपोष्ट २०७८ भदौ २३ गते १५:०९

Advertisement

कृष्ण वर्मा

भरतमणी पौडेल अहिले जनजिब्रोमा झुण्डिएको नाम भएको छ । कमेडी च्याम्पियन सिजन-२ मा आफ्नो अद्वितीय क्षमता प्रदर्शन गरेर अधिक लोकप्रिय बनेका भरतमणीले पछिल्लो इपिसोड – ३४ मा पूर्व युवराज पारस शाहको अभिनय गरेर हाम्रो राजनितीक व्यवस्था र अबस्थाको वास्तविक चरितार्थ गरेका छन । साहित्यमा व्याङ्ग्य एउटा यस्तो विधा हो जसले समाजमा भए घटेका राम्रा/नराम्रा घटनाहरुलाई मनोरञ्जनात्मक किसिमले लेखेर, बोलेर, अभिनय गरेर त्यसको यथार्थ चित्रण गर्ने गर्दछ । व्याङ्ग्य र कार्टुनले हामीलाई शब्द तथा वाक्य र पाठले नबुझाएको कुरालाई सटिक र रमाईलो पारामा बुझाउने माध्यम हुन कमेडी च्याम्पियन सिजन-२ मा विभिन्न कलाकारहरुले प्रदर्शन गरि रहेका छन ।

भरतमणीले पूर्व युवराजको पारस शाहको अभिनय गरेर आफ्नो, राजतन्त्रको, लोकतन्त्रको, राजतन्त्र अंगाल्ने राजनितीक दलको अबस्था, भ्रष्ट्रचार, प्रहरी प्रशासन, युटुवर, नेपाली जनताको राजनितीलाई हेर्ने दृष्टीकोण, कलाकार,  नेतृत्वमा भएको साँस्कृतिक र आर्थिक विचलन आदीलाई व्याङ्ग्य मार्फत यथार्थ झल्काई दिएका छन ।

नेपाली कमेडीका दिग्गज हस्तीहरु सन्तोष पन्त र मनोज गजुरेलको सामुन्ने उहाँहरुलाई समेत रोष्ट गर्दै हाल हाम्रो समाजमा भै रहेका विकृती र विसंगतीहरुलाई उजगार गर्दै जनमानसमा मन र मुटुमा प्रवेश गर्न सफल भरतमणी पौडेल अहिले कमेडी च्याम्पियन सिजन-२ को पर्याबाची भएको छन् ।

विभिन्न घटनाहरु घटाएर विभिन्न समयमा विवादित भै रहने पूर्व युवराज पारश शाह, पछिल्लो समय बिना हेल्मेट काठमाण्डौमा मोटर साईकल सबार र उनलाई नियन्त्रण गर्दा नेपाल प्रहरीमाथि अभद्र व्यवहार गरेर पुन: विवादित र चर्चित बनेका थिए । भरतमणि पौडेलले तिनै विवादित पूर्वयुवराज पारश शाहको क्यारिकेचर मार्फत राजतन्त्र र अहिलेको राजनितिक व्यवस्थामा कुनै फरक नभएको देखि लिएर हाम्रा राजनीतिक दलका नेताहरुले कसरी राज्यको श्रोतलाई फोकटमा पाए खाने र उपचारको नाममा ढुकुटी रित्याएको कुरालाई समेत उदाङ्गो पारेका छन ।

उनले राजतन्त्र छँदा दरबारमा आउने र जाने व्यक्तिहरुको क्रियाकलाप भन्दै सन्तोष पन्तलाई लुकेर आउने र लुकेर जाने भन्दै राजासँग फाईदा लिने नेताहरुको बारेमा बताएका छन । हेलमेट नलगाएको कारण उनलाई नियन्त्रण लिने प्रहरीलाई अहिले प्रहरीहरु बर्दीमै टिकटक बनाउदै पेशालाई मर्यादित नबनाएको कुरा, प्रहरीले मलाई छोप्दा त टिकटक बनाउन होला भनेको भन्ने कुराबाट प्रहरी प्रशासनमा आएको विकृतीलाई समेत उदाङ्गो बनाएका छन । त्यसै गरी ठूलाबडाहरुले शान्ति सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीहरुलाई हेलमेट तथा अन्य हतियारहरु प्रहार गरी भागेको र उनीहरुलाई केही नभएको विषय  वस्तु समेत उठान गरेका भरतमणीले  आफु सधै किन झ्याप (नशामा) हिड्ने भन्ने आरोपको देशमा संयम हुने र खुशी भएर हिड्ने वातावरण राजनितिक अबस्था नभएको भन्दै खण्डन गरेका छन । आफू नशामा झ्याप भएको तर हाम्रा नेताहरु भ्रष्ट्रचार र अनियमिततामा झ्याप भैरहेको वास्तविक कुरा प्रकट गरेका छन ।

भरतमणिको प्रहसनमा स्वतन्त्रता तथा जिम्मेवार नभएका मिडियालाई र पैसाको लागि युटुव संचालन गरी जे पाए त्यो गर्ने र देखाउने युटुबर अहिलेको समस्या भएको बताउँदै यस्ता खाले मिडियालाई नियमन गर्ने निकाय नै नभएको कुरा स्पष्ट छ ।

हामी नेपाली जनताहरुले राजनीतिक व्यवस्थाहरुलाई परिवर्तन गरिरहने, कहिल्यै एउटा व्यवस्थालाई टिकाउन नसक्ने,  नेता र नेतृत्वलाई गाली गलौच गरि रहने तर आफुले एउटै दल र नेताको गुणगान गाईरहने जनताले राजा आउ देश बचाउ भन्दै कुर्लने हरुनै फेरी राजतन्त्र फाल्न भन्दै केही क्षणमा उठ्ने भन्दै जनतामा स्थायित्व र सुधरिनु पर्ने टडकारो अबस्थालाई स्पष्ट पारेका छन । नेपालमा राजनीतिक व्यवस्थालाई नराम्रो भन्नु भन्दा हाम्रोमा व्यवस्थापन नै कमी भएको हो । राजतन्त्रलाई देश र जनताको माया धेरै भएको, अहिले पनि देश र जनताको मनमा राजतन्त्र रहेको, देशमा राजतन्त्रको थुप्रै लगानी भएको, राजालाई देश र देशबासीको मायाँ अधिक छ त्यो हुनमा हाम्रो व्यवस्थाले जनतालाई बाध्य पारेको आभाष हुन्छ  । त्यस्तै हालै अफगानिस्तानका राष्ट्रपति राज्यच्युत हुँदा भागेर अर्को देशमा गएको तर हामी तेत्रो समय राज्य चलाएको भए पनि जनइच्छा अनुसार आफ्नै देशको नागार्जुन दरबारमा बिराजमान भएको अबस्था सुनाउँदा वास्तविकता यही नै हो भन्ने आभाषा दिलाएका छन ।

राष्ट्रवाद र राष्ट्रभक्तिलाई देखावटी गराएर आफ्नो स्वार्थ र फाईदा लुटेका हाम्रा राजनीतिक दलका नेता र नेतृत्वलाई राष्ट्रवाद हुनलाई राष्ट्रवादको आदर्श खोक्दैमा राष्ट्रवादी कहलिन सकिदैन, राष्ट्रवादी त व्यवहारमा देखिन पर्छ भनेका छन ।

हाम्रा मौसमी राजनीति र मौसमी नेताहरुको अबस्थालाई चित्रण गर्दै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यसका उदाहरण हुन, जसले राजतन्त्रको पक्षमा वकालत गरेका छन भने गणतन्त्रवादी र प्रतिगमनकारीहरुसँग घाटी जोडेको अबस्था अहिले विद्ममान नै छ र भनेका छन नारायणहिटी दरबारमा घाँस पलाएको तर त्यही राप्रपाको चुनाव चिन्हले त्यो घाँस किन नखाएको भन्दै चोटिलो प्रहर गरेका छन । भने अस्थिरतामा रमाउने विद्वान नेता डा. बाबुराम भट्टराईको चरित्रलाई समेत उजगार गरेका छन ।

त्यस्तै हाम्रा नेता र नेतृत्वहरुले समय समयमा सांस्कृतिक विचलनमा रहेको, महिलाहिंसा, यौन हिंसा, बलत्कार आदीमा समेत संलग्न भएका नेताहरुलाई उहाँले म झ्याप भए भने पोखरा जान्छु तर हाम्रा नेताहरु ढोका हान्न जान्छन, देशको ढुकुटी रोगी नेता र नेतृत्वलाई उपचार गर्दै खर्चिएको नेताले राज्यको श्रोत र साधनलाई यो वा त्यो बाहानामा दोहोन गरेको कुरालाई व्यांगत्म शैलीमा वर्णन गरी जनतालाई शुसूचित गरेका छन ।

राष्ट्रवाद र राष्ट्रभक्तिलाई देखावटी गराएर आफ्नो स्वार्थ र फाईदा लुटेका हाम्रा राजनीतिक दलका नेता र नेतृत्वलाई राष्ट्रवाद हुनलाई राष्ट्रवादको आदर्श खोक्दैमा राष्ट्रवादी कहलिन सकिदैन, राष्ट्रवादी त व्यवहारमा देखिन पर्छ भनेका छन । यो प्रहशन देख्दा र हेर्दा पूर्व युवराज पारश शाहको बारेमा नकरात्मक टिप्पणी पनि हुन सक्लान तर धेरै हदसम्म यो सकरात्मकै छ । उहाँको व्यक्तिगत जीवन र  हिजो चप्पल पडकाँउदै काठमाण्डौ छिरेका नेता, तीनका सन्तान र आफन्तको दादागिरी भन्दा करिब २-३ शताब्दी राज्य संचालन गरेका, राजाका सन्तानले अहिलेका नेता र मन्त्रीका सन्तानको दम्भ र व्यवहार भन्दा निकै कम नै देखिन्छ । खोट लगाउने र दोष देखाउने हाम्रो समाज र वातावरणले मात्रै पूर्व युवराजलाई दोषी देख्ने र हेर्ने दृष्टीकोण नकरात्मक रहेको छ, जहाँ हाम्रा पछिल्ला नेता र मन्त्रीका सन्तानको क्रियाकलाप हेर्ने हो भने युवराज पारशको व्यवहार केही पनि होईन किनकी यी वास्तवमै राजाका छोरा हुन, जसमा जन्मजात राजगुण सबार थियो, ।  हामीले सुन्दै, देख्दै भोग्दै आएका छौ, हाम्रा नेता र मन्त्री तथा उच्च पदस्थ महानुभवका सन्तानहरुले कत्रा कत्रा उद्दण्डहरु मच्चाई रहेका छन यसका साँक्षी बन्नु हाम्रो दैनिकी भएको छ । पूर्वयुवराजको क्यारिकेचर गरेर उनको व्यक्तिगत चरित्र भन्दा हाम्रा नेता, नेतृत्व र राजनितिकि तथा प्रशासनिक व्यवस्थाको चरित्रलाई उदांगो बनाएका छन, त्यसैले पनि पूर्वयुवराजले यस विषयमा चित्त दुखाउने कुनै कुरा हुनु पर्छ जस्तो लाग्दैन ।

हाम्रा नेता र नेतृत्व जहिले पनि पद र कुर्चीकै लागी लडेका छन, मन्त्री हुने, सम्पत्ति कुम्लाउने, राज्यको साधन र श्रोतमा दोहोन गर्ने अनि राज्यलाई खोक्रो बनाएर अर्को व्यस्थाको लागि जनतलाई आन्दोलनमा होम्ने भन्दा आज सम्म कुनै नयाँ र नौलो कुरा देखिएको छैन ।

भरतमणी पौडेलको यो प्रहसन हेर्दा के बुझिन्छ भने गणतन्त्र वास्तवमा व्यक्ति ज्ञानेन्द्र शाह र उनका सन्तानलाई हत्याउन आएको मात्रै हो भन्ने भान भएको छ, अनियमितता, ब्याप्त भ्रष्ट्रचार, शान्ती सुरक्षा, अमन चयन, विकास आदीमा कुनै सकरात्मक परिवर्तन भएको छैन, भएको छ त केबल नेता र उच्च पदस्थहरुलाई रजाई गर्न । जनताले अनुभव गर्ने गरी किन विकास गर्न किन नेतृत्वले सकि रहेको छैन, स्थायी सरकार संचालन गर्न किन सकेको छैन । किनकी हाम्रा नेता र नेतृत्व जहिले पनि पद र कुर्चीकै लागी लडेका छन, मन्त्री हुने, सम्पत्ति कुम्लाउने, राज्यको साधन र श्रोतमा दोहोन गर्ने अनि राज्यलाई खोक्रो बनाएर अर्को व्यस्थाको लागि जनतलाई आन्दोलनमा होम्ने भन्दा आज सम्म कुनै नयाँ र नौलो कुरा देखिएको छैन ।

भरतमणी पौडेल हास्यव्यंगको ज्ञानले भरिपूर्ण उम्मेदवार हुन भन्ने कुरामा कुनै शंका नै छैन, हाम्रो समाज शताव्दियौ देखि सुघ्रन सकेको छैन, न त शिक्षाले सुधार गरेको छ न त राजनीतिक नेतृत्वले त्यसैले हाम्रो अबस्था अस्तव्यस्थ, लथालिंग भएको छ, राजनीतीक दलका राम्रो नेताले बोल्दा पक्ष विपक्ष हुने हाम्रो समाजमा यस्ता खाले कार्यक्रम र कलाकारले अवश्य पनि समाजलाई परिवर्तन गर्ने छन, उनी जस्ता कलाकार देश र जनताको लागि गहना हुन त्यसैले उनलाई हामी सबैले अत्याधिक भोट गरेर जिताई उनले कलाकारिता (हास्यव्यांग) को यात्रामा सफलता प्राप्त गरुन भन्दै अग्रीम शुभकामना व्यक्त गर्दछु । @Krixhiva

पीपलधारा-२, गुल्मी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री