बिहीबार, १३ वैशाख २०८१

यसरी डाक्टरले मुखबाट निकाकाले ४ फिटको सर्प (भिडियो)

समयपोष्ट २०७७ भदौ २६ गते १२:५७

Advertisement

 

रसियाकी एक महिलाको मुखबाट सर्प निकालिएको भिडियो अहिले चर्चाको विषय बनिरहेको छ ।

डेली मेलका अनुसार महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको थियो ।

स्थानीयका अनुसार यस्ता घटना बारम्बार भइरहने भएकाले त्यहाँका ज्येष्ठ नागरिकले युवा–युवतीलाई घर बाहिर नसुत्न सल्लाह दिने गरेको डेलीमेलले जनाएको छ । ती महिलाको मुखबाट ४ फिट लामो सर्प निकालिएको छ ।

महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । भिडियोमा देखिए अनुसार पञ्जा लगाएका पुरुष डाक्टरले ती महिलाको मुखबाट इन्डोस्कोपीको ट्युब छिराएर सर्प निकालिरहेको देख्न सकिन्छ ।

https://www.tmz.com/2020/09/01/crazy-video-doctor-pulls-4-foot-snake-womans-throat/

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री