बिहीबार, १३ वैशाख २०८१

सुजुकी भिटारा ब्रेजा सार्वजनिक भएको २० दिनमा सातसय बुकिङ

समयपोष्ट २०७३ भदौ २४ गते ३:२७

सुजुकी भिटारा ब्रेजा नेपालमा सार्वजनिक भएको २० दिनभित्रमा सातसयवटा बुकिङ भएको छ । नाडा अटो शो मार्फत सार्वजनिक गरिएको भिटारा ब्रेजालाई सीजी नेक्स्ट जेनले ६ भिन्न भेरियण्टमा उपलब्ध गराएको छ ।

Advertisement

भिटारा ब्रेजाको शुरुवाती मुल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले भिटारा ब्रेजा नेपाली  बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएको जनाएको छ।

कारमा डीडीआईएस २०० डिजल इन्जिन छ जसले ९० पीएस शक्ति उत्सर्जन गर्छ। यसले २४.३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ। उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किटसहितको यस कारमा चालक तथा यात्रुको सुरक्षामा विशेष विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री