शनिबार, १५ वैशाख २०८१

यस्तो छ, गुराँस लाइफ इन्स्योरेन्सको पुँजी बृद्धि योजना

समयपोष्ट २०७४ असोज १ गते ४:११

गुराँस लाइफ इन्स्योरेन्सको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

Advertisement

हाम्रो ग्रोथ वार्षिक ३० प्रतिशतभन्दा माथि छ । अन्य वित्तीय सूचकहरू फाइनान्सियल रेसियोहरू एकदम सन्तोषजनक छन् । अरू ७२–७३ को फाइनान्सियल कुराहरू क्लोज भइसकेको छ । हाम्रो व्यालेन्ससिट नै प्रकाशित भइसकेको छ । एजीएम भएर हामीले बोनस सेयरसमेत प्रस्ताव गरिसकेका छौँ । अब बोनस सेयर जारी हुने अवस्थामा छ । समग्रमा पूँजी, व्यापारको दृष्टिले राम्रो दिशामा अगाडि बढिरहेको छ । 

 अहिले पनि मानिसहरूमा बीमा साक्षरताको कमी छ, त्यसको लागि सरकारी र निजी क्षेत्रबाट के गर्न सकिन्छ ?

सरकारले अहिले बजेटमा पनि नीति निर्माण गरेको छ । गरिबीको रेखामुनि रहेका जनतासम्म बीमाको पहुँच पु¥याउँनुपर्छ, सरकारले बीमा समितिमार्फत् प्रडक्टहरू ल्याएको छ । जनताले तिर्न सक्ने एक–डेढ लाखसम्मको सस्तो प्रिमियम ल्याएको छ । सरकार क्रमशः बीमाको साक्षारता बढाउने र चेतना जगाउने काममा लागिरहेको देखिन्छ । मुख्यतयाः बीमा समिति जीवन तथा निर्जीवन बीमा क्षेत्रको नियमाक निकाय हो । उसले आफ्नो किसिमले प्रचार–प्रसार र प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । केही हदसम्म गरिरहेको छ र पनि त्यसलाई पर्याप्त मान्न सकिँदैन । हाम्रो बीमा कम्पनीहरूको लेबलबाट गर्ने भनेकोे देशका कुना–काप्चामा गएर अभिकर्ताहरूको सञ्जाल तयार गर्ने र उहाँहरूलाई बीमाको बारेमा तालिम दिने हो । उहाँहरूको काम भनेको बीमाको महत्वबारे जनसमुदायहरूलाई बुझाउने र बीमा पोलिसी बिक्री गर्ने हो । यसबाट बीमाको प्रचार–प्रसार र चेतना जागृत हुन्छ साथै कम्पनीहरूको व्यवसाय पनि प्रवद्र्धन हुन्छ । अहिलेसम्म हुँदै आएको यही नै हो । 

 नयाँ जीवन बीमा कम्पनीहरू आउँदै छन्, अब त बीमा व्यवसाय पनि प्रतिस्पर्धी हुने भयो, हैन ?

यो सरकारको पोलिसी हो । देशभर बीमाको कभरेज जम्मा आठदेखि दश प्रतिशत मात्र छ । सरकारले बीमाको सञ्जाललाई बढाएर सबैलाई बीमाको पहुँचमा ल्याउन बीमाको विस्तार कार्यक्रमअन्तर्गत भइरहेका भन्दा दशवटा जीवन बीमा कम्पनीहरूलाई  स्वीकृति दिएको छ । पुँजी वृद्धि गर्ने भनेको बीमा कम्पनीहरूमा विश्वास जगाउने हो । सबल र समृद्ध बीमा कम्पनीहरू बढाउने, जसले गर्दा जनताको विश्वास रहोस् । भोलि बीमा कम्पनीहरूमा कुनै त्रुटि नहोस्, कमजोर आर्थिक अवस्था नआओस् र यसलाई सबल, समृद्ध, सशक्त बनाउनकै लागि पूँजी वृद्धि गर्ने भनिएको हो । बिजनेस व्यवसायमा कुन लेबलसम्म जाँदा कति पूँजी चाहिन्छ भन्ने गणितीय हिसाब गरेरै पुँजी वृद्धि गरिएको हो । 

 shankar 1

तपाईंको बीमा कम्पनीले पुँजी वृद्धि कसरी गर्दै छ ?

हामीले योजना बीमा समितिमा पेस गरिसकेका छौँ । हाल हामीसँग ५५ करोड रूपयाँ चुक्ता पुँजी छ । त्यसमा हामीले ८ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका  छौँ । त्यसपछि हाम्रो पुँजी ५९ करोड ४ लाख पुग्छ । त्यसको ५ प्रतिशत तुरुन्तै हामी हकप्रद सेयर जारी गर्दै छौँ । त्यो पनि पारित भइसकेको छ र त्यो जारी गर्ने तयारी हुँदै छ । त्यसपछि करिब ८९ करोडभन्दा बढी पुँजी पुग्छ । यही वर्षभित्र १ः१ हकप्रद सेयर वा थप साधारण सेयरको माध्यमबाट चुक्ता पुँजी २ अर्ब पु¥याउँछौँ । हामीले बीमा समितिमा पेस गरेको यो योजना प्रचारमा आइसकेको छ । 

 तपाईंहरूको कम्पनीका नयाँ योजना के छन् ?

हामी आममानिसहरूलाई जीवन बीमाप्रति आकर्षित गर्ने एक्सरसाइजहरू गर्दै छौँ । हाम्रा प्रतिस्पर्धीहरू आएअनुसार हामीले पनि नयाँ किसिमका जनतालाई सस्तो प्रिमियममा बढीभन्दा बढी फाइदा दिनेखालका योजना ल्याउने तयारी गर्दै छौँ । ती योजनाहरू निर्माणको क्रममा छन् । विभिन्न निकायबाट त्यसको स्वकृति आउन बाँकी नै छ । स्वीकृति आएपछि हामी लञ्ज गर्दै जान्छौँ । बीमाको पहुँज देशव्यापी बनाउन निकै नै जरुरी छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री