शनिबार, ३ साउन २०८२

एन आई सी एशियाले ओके रेमिट जापानसँगको सहकार्यमा शुरु गर्यो इनवार्ड रेमिट्यान्स सेवा

समयपोष्ट २०७६ असोज ८ गते १७:५८

एन आई सी एशिया बैंक लिमिटेडले ओके रेमिट जापान सँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ ।

सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखाहरु, ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सक्नेछन् ।

यसका साथै जापानमा रहेका नेपालीहरुले २०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एन आई सी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री