एन आई सी एशिया बैंकका ग्राहकलाई सेल्सबेरी र सेलवेजमा क्यु आर पेमेन्ट गर्दा १५% छुुट
एन आई सी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा. लि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एन बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यिु आर मार्फत् सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रा. लिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा बैंकको मोबाइल बैंक एपको क्यिु आर मार्फत् भुक्तानी गर्दा १५% रकम वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सकिने छ ।
यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ । आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
प्रतिक्रिया