जनता बैंकले घोषणा गर्यो १२ प्रतिशत् लाभांश
जनता बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज ५ गते आइतबार साँझ सम्पन्न २९१ औं बैठकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
बैंकले आ.व. २०७५/०७६ मा एक अर्ब ३१ करोड ८ लाख ४७ हजार ६०३ रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा सो मध्येबाट मिति २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९६ करोड ९४ हजार ३१० रुपैयाँ ९४ पैसा लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो ।
हाल चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जनता बैंकको प्रस्तावित लाभांश वितरण पश्चात ८ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ८.५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। जनता बैंकले ग्लोबल आईएमईसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।
प्रतिक्रिया