शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रे बैंक लिमिटेडको माछापुच्छ्रे महोत्सब  

समयपोष्ट २०७४ भदौ २७ गते १२:३०

माछापुच्छ्रे  बैंक लिमिटेडले बैंकिङ्ग कारोवार शुरु गरेकोे १७ वर्ष पुरा गरी १८ औ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा माछापुच्छ्रे  महोत्सब सञ्चालन गरीरहेको छ । पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकले हाल ६२ वटा शाखा कार्यालय, ४ वटा एक्स्टेन्सन काउण्टर, ४ वटा शाखा रहित सेवा लगायत ८१ वटा एटिएमबाट देशभरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।  
 १८ औं बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा माछापुच्छ्रे  बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभुती गराउने बताएको छ । साथै, यस महोत्सबलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड, कर्जा सेवा शुल्कमा छुट, वार्षिक लकर शुल्कमा छुट, माछापुच्छ«े मोबाइल मनी जारी शुल्कमा छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु  पनि प्रदान गर्ने बैंकले बताएको छ । 
बैंकले उक्त महोत्सव भाद्र १ देखि शुरु गरेको र आश्विन महिना मसान्तसम्म जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ ।   

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री