शुक्रबार, ७ वैशाख २०८१

बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न

समयपोष्ट २०७६ भदौ ३० गते १२:२४

Advertisement

राष्ट्रिय बीमा संस्थानले बीमा अभिकर्ता आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरामा भाद्र २६ गते देखी २८ गतेसम्म आयोजना भएको यस कार्यक्रममा संस्थानको पोखरा क्षेत्रबाट कार्यरत सक्रिय अभिकर्ताहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

पचास जनाको सहभागिता रहेको उक्त कार्यक्रममा बिमा र बिमा संस्थानका बिमा लेख जारी प्रक्रिया,ऐन नियमावली र अभिकर्ताहरुको सेवा सुविधाको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा संस्थानको नयाँ सफ्टवेयर,एप र संस्थानले विस्तार गरेको प्रविधिमैत्री सेवाबारे जानकारी दिइयो ।

उक्त कार्यक्रममा संस्थानले बीमा क्षेत्रमा गर्नुपर्ने नयाँ कार्यहरु बारे सुुझाव समेत संकलन गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री