सोमबार, ५ साउन २०८२

कृषि औजार खरिद गर्न सिभिल बैँकले ७० प्रतिशत सम्म कर्जा दिने

समयपोष्ट २०७६ भदौ १६ गते १८:१२

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ  बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ ।
हालसम्म बैंकको ९६ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री