मंगलबार, ६ साउन २०८२

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ

समयपोष्ट २०८२ साउन ५ गते १५:३०

सेयर बजारमा सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी तथा विश्वासघातको अभियोगमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार, पीडितको उजुरीपछि उनलाई टोखा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले अग्रवालले सेयर कारोबारको नाममा विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई करिब २२ करोड रुपैयाँ ठगी गरेको देखाएको छ। पीडितहरूले प्रहरीमा उजुरी दर्ता गरेपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अग्रवालविरुद्ध धितोपत्र बजारसम्बन्धी आर्थिक अनियमितता, ठगी र विश्वासघातको अभियोगमा थप अनुसन्धान भइरहेको छ। यस घटनालाई लिएर नेपाल धितोपत्र बोर्डले पनि छुट्टै अनुसन्धान सुरु गरेको छ।

प्रहरीले अग्रवालको गतिविधि र ठगीको दायरा बारे विस्तृत अनुसन्धान गरिरहेको बताएको छ। यो घटनाले सेयर बजारमा लगानीकर्ताहरूको विश्वासमा ठूलो असर पार्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री