शुक्रबार, १६ चैत २०८०

लक्ष्मी बैंकको नाफा ४८ प्रतिशतले बढ्यो

समयपोष्ट २०७४ साउन २३ गते ६:०६

लक्ष्मी बैंकले गत आर्थिक बर्ष एक अर्ब २४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष ४८ प्रतिशतले नाफा वृद्धि गरेको हो ।  

Advertisement

बैंकको नाफा अघिल्लो आर्थिक बर्ष ६७ करोड ७१ लाख रुपैयाँ  थियो । अघिल्लो आर्थिक बर्ष खुद ब्याज आम्दानी एक अर्ब तीस करोड रुपैयाँ गरेको बैंकले गत बर्ष खुद ब्याज आम्दानी एक अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले चार करोड ९० लाख रुपैयाँ राइट ब्याक गरेको छ । बैंकले गत आर्थिक बर्षमा ११ अर्ब रुपैयाँ निक्षेप वृद्धि  गर्दै निक्षेप  ५९ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ ।  

बैंकको कर्जा लगानी  ५२ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी सात अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको पूँजी कोष अनुपात ११.१५ बाट बढेर १४.१९ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा ०.९३ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री