शुक्रबार, १४ वैशाख २०८१

सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

समयपोष्ट २०७४ साउन १७ गते १०:०९

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध भएको बताएका छन् । यसका लागि  कानूनमा तोकिएबमोजिम पत्रकारको सुविधा उपलब्ध हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघले मंगलबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले श्रमजीवी पत्रकारको पेशागत असुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने  बताए ।  

Advertisement

पत्रकारको न्यूनतम पारिश्रमिक मासिक रु १९ हजार पाँच सय सबै सञ्चारगृहमा लागू नभएको भनी सञ्चार संस्थाले आवाज उठाउँदै आएका छन् ।

मन्त्री बस्नेतले लोकतान्त्रिक मुलुक र आधुनिक विश्वमा पत्रकारले पाउनुपर्ने सुविधा नपाउने विषय दुःखद् भएकाले यसमा सञ्चारसम्बन्धी संस्थासँगको सहकार्यका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले क्लिन फिड विज्ञापन नीति लागू गर्ने सम्बन्धमा आफूले अध्ययन गरिरहेको जानकारी दिए । 

कार्यक्रममा महासंघका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको पेशागत र भौतिक सुरक्षालाई पहिलो प्राथमिकता दिएर आफूहरुले काम गरे पनि धेरै पत्रकार अहिलेसम्म तोकिएको पारिश्रमिक नपाउने तथा नियुक्तिपत्र नपाई काम गर्नुपर्ने बिडम्वनापूर्ण अवस्था रहेको बताए ।

उनले आमसञ्चारसम्बन्धी नीतिको कार्यान्वयन र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाका लागि सरकारले ध्यान नदिएको गुनासो गरे । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री