सोमबार, ५ साउन २०८२

एन.बी.आईले लक्ष्मी बैंकका कर्मचारीहरुलाई तालिम दिने

समयपोष्ट २०७५ भदौ १४ गते ९:१६

नेशनल बैंकिङ्ग इष्टिच्युट लिले लक्ष्मी बैंकका कर्मचारीहरुलाई विभिन्न तालिम उपलब्ध गराउँने भएको छ । एन.बी.आईले बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएको हो ।

सो सम्बन्धि सम्झौतपत्रमा मंगलबार बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका कर्मचारीहरुका लागि एन.बी.आईले वार्षिक न्युनतम ५० लाख बराबरको तालिम संचालन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री