सोमबार, ५ साउन २०८२

एन आई सी एशियाको १८ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

समयपोष्ट २०७५ भदौ ७ गते ६:४५

एन आई सी एशिया बैंक लिमिटेडले १८ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले बुधबारबाट रुपन्देही जिल्ला, शुद्धोधन गाउँपालिकाको भुजौलीमा शाखारहित बैंकिङ्ग संचालनमा ल्याएको हो ।

शाखाको समुद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुन चन्द्र चौधरीले गरे । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा गंगा ढकाललाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसंगै स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने,स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले २३८ शाखा कार्यालयहरु, २३२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर,१८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री