शनिबार, १ कार्तिक २०८२

आई.सि.एफ.सि. फाइनान्सले ५० करोडको “८% डिबेञ्चर—२०८९” निष्काशन गर्ने, कुमारी क्यापिटलसँग सम्झौता

समयपोष्ट २०८२ भदौ १२ गते १४:५४

Advertisement

आई.सि.एफ.सि. फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको “८% आई.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने भएको छ।

कम्पनीले यसका लागि बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतापत्रमा आई.सि.एफ.सि. फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

कम्पनीले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायत सम्पूर्ण नियामक निकायको स्वीकृति प्राप्त गरेपछि ऋणपत्र निष्काशन गरिने जनाएको छ।

Advertisement

हाल आई.सि.एफ.सि. फाइनान्सले देशभरका २१ शाखा कार्यालय र १८ वटा एटिएममार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। यो ऋणपत्र निष्काशनले कम्पनीको वित्तीय सुदृढीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री