प्रभु बैंक र मेडिप्लस हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्झौता

 प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच बैंकका कर्मचारी र ग्राहकहरूलाई लक्षित गरी स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता  भएको छ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. का तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख व्यवसाय केन्द्र अधिकृत (एन.बि.सि.ओ.) राजु राना मगरले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो।
सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय भुक्तानी माध्यमबाट बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरूमा १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो छुट विशेषगरी बैंकका कर्मचारी र ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत ल्याइएको हो।
पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. ले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरू प्रदान गर्दै आएको छ। प्रभु बैंक र मेडिप्लस हस्पिटल बीचको यो साझेदारीले बैंकका कर्मचारी र ग्राहकहरूलाई स्वास्थ्य सेवामा थप सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ।
 



























 
	
प्रतिक्रिया