शनिबार, १५ कार्तिक २०८२

एनआईसी एशिया बैंकका ग्राहकलाई “लेट मेइन” हस्पिटलमा छुट

समयपोष्ट २०८२ साउन १६ गते १०:०३

Advertisement

एनआईसी एशिया बैंकका ग्राहकहरुले अब कोरियन स्किन केयर र उपचार सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन्। बैंक र ‘लेट मेइन’ कोरियन स्किन हस्पिटलबीच भएको सम्झौतापछि यस्तो छुट सुविधा सुरु गरिएको हो।

उक्त सुविधा अन्तर्गत काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा रहेका लेट मेइन शाखाबाट सेवा लिँदा बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गरेबापत १० प्रतिशतसम्म छुट पाउनेछन्।

ग्राहकहरूले Hair Transplant, Facial, Anti-aging Treatment, Scar Treatment, Acne Treatment, र Hyperbaric Oxygen Therapy जस्ता स्किन तथा हेयरसम्बन्धी सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, लेट मेइनमा उपलब्ध कोरियन उत्पादनहरूमा ८ प्रतिशत छुट दिइनेछ।

छुटको यो सुविधा उपयोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकले यो सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय सेवा सुलभ दरमा उपलब्ध हुने विश्वास लिएको छ।

Advertisement

यससँगै बैंकले डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसँग ग्राहक अनुभवलाई अझ सहज बनाउने उद्देश्य लिएको जनाएको छ। स्किन केयर, उपचार र कोरियन ब्यूटी प्रोडक्टमा चासो राख्ने ग्राहकका लागि यो सहकार्य उपयोगी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री