आइतबार, ९ कार्तिक २०८२

एलआइसी नेपालले सार्वजनिक गर्यो ‘जीवन उत्सव बीमा’ योजना

समयपोष्ट २०८१ भदौ १३ गते १०:०६

Advertisement

एलआइसी नेपालले विशेष सुविधा सहितको नयाँ बीमा योजना ‘जीवन उत्सव बीमा’ सार्वजनिक गरेको छ।

एलआइसी नेपालले उक्र योजना काठमाडौं स्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो ।

कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक एदत्ता, सुचना प्रविधि प्रमूख रोहित बुदियाल, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय एवं अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरुले संयुक्त रुपमा सो योजना शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यो योजना नेपालको परिप्रेक्ष्यमा नयाँ रहेको र नेपाल बीमा प्राधिकरणको निर्देशिका अनुसार ल्याइएको बताएका छन्। उनले यस योजनाले बीमा अवधि नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्दै बीमालाई लामो अवधिसम्म चलाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

Advertisement

यस योजनाका मुख्य तीन विशेषताहरू निम्नानुसार छन्:

बीमाङ्कको तीन गुणासम्म सुरक्षा
यस योजनामा बीमाङ्कको तीन गुणासम्म सुरक्षा प्रदान गरिनेछ। यदि बीमितले अतिरिक्त दुर्घटना लाभ योजना लिएको छ भने सो समेत उपलब्ध गराइनेछ।

थप अतिरिक्त लाभसहित नियमित बोनश

बीमितलाई नियमित आर्जित बोनशको साथै थप अतिरिक्त लाभ (बोनश सुविधा) प्रदान गरिनेछ।

मृत्युमा बीमांकको दोब्बर रकम

बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकम र आर्जित बोनश प्रदान गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री