बुधबार, २६ वैशाख २०८१

नाडाका प्रतिनिधिले प्रधानमन्त्रीसंग भने-अटोमोबाइल क्षेत्रलाई गतिशिल बनाउन पहल गरिदिनुहोस्

समयपोष्ट २०७८ साउन २० गते १९:३२

Advertisement

नाडाका प्रतिनिधिहरुले बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पुर्याउन पहल गरि दिन सरकारसँग आग्रह गरेको छ ।

नाडा उपाध्यक्ष करण चौधरी नेतृत्वको नाडा प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी अटोमोबाइल क्षेत्रलाई गतिशिल बनाउन पहल गरिदिन आग्रह गरेको हो ।

छलफलमा सार्वजनिक सवारी साधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति समेत रहेका नाडा सदस्य राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनी बस र माइक्रो बस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएको जस्तै आर्थिक राहत उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरे ।

छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एसोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री