सोमबार, १७ वैशाख २०८१

पठाओको सेवा अब देशका १८ वटा सहरमा

समयपोष्ट २०८१ वैशाख १ गते १७:२३

Advertisement

राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिनुभएको छ । स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउँदै काठमाण्डौ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा निकै उत्साहित भएको बस्न्यातले बताउनुभयो ।

कोशी प्रदेशका नौ सहर बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा बिस्तार भएको छ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा शुरु भएको छ ।

लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भइसकेको छ । यस अगाडि सेवा बिस्तारको योजनामा समावेश नभए पनि स्थानीयको मागअनुसार कर्णाली प्रदेशको वीरेन्द्रनगरमासमेत सेवा बिस्तार गरिएको बस्न्यातले बताउनुभयो ।

अहिलेका पठाओको विभिन्न सेवामा दुई लाख जनाभन्दा बढी ब्यक्ति आबद्ध छन् । एक लाख ९० हजार जनाभन्दा बढी मोटरसाइकल चालक, १० हजार जनाभन्दा बढी क्याप्टेन अर्थात् ट्याक्सी चालक र खाना डेलिभरीमा पाँच हजार जना दर्ता भइसकेका छन् । कम्पनीकाअनुसार कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री