बिहीबार, १३ वैशाख २०८१

सिटिजन्स बैंकले १५ प्रतिशत लाभांश दिने

समयपोष्ट २०७६ भदौ १० गते ११:४९

Advertisement

सिटिजन्स बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको संचालक समितिको ३०८औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरि बैंकले आफ्ना सम्पूर्ण शेयरधनी महानुभावहरुलाई आ.व. २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ नगद लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११लाख ३१ हजार ९ सय ४३ बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ ।

संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री