सदस्यता नवीकरणको विषयलाई अनावश्यक विवादमा ल्याइयो : पूर्वराष्ट्रपति भण्डारी
समयपोष्ट
२०८२ साउन ९ गते १६:२२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) मा आफ्नो पार्टी सदस्यता नवीकरणको विषयलाई अनावश्यक रूपमा विवादमा ल्याइएको बताएकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण भइसकेको र यसलाई विवादको विषय बनाउनुको कुनै औचित्य नरहेको स्पष्ट पारिन्।
“पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्। उनले आफ्नो राजनीतिक सक्रियतामाथि प्रश्न उठाउने प्रयासलाई अस्वीकार गर्दै राजनीतिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
प्रतिक्रिया