पूर्वराष्ट्रपति भण्डारीको प्रष्टोक्ति- पदप्रति कुनै लालसा छैन
समयपोष्ट
२०८२ साउन ९ गते १६:१६
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदप्रति महत्वकांक्षा वा आशक्ति नभएको बताएकी छन्। शुक्रबार काठमाडौंको बानेश्वरस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपतिको सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गराइसकेको भन्दै अब कुनै पदको लालसा नरहेको स्पष्ट पारिन्।
“कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति छैन। किनभने मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,” उनले भनिन्।
प्रतिक्रिया