शनिबार, १० साउन २०८२

बागमतीका चार मन्त्रीले दिए राजीनामा

समयपोष्ट २०८२ साउन ९ गते १५:२९

बागमती प्रदेशका चार मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

यी चारै जना मन्त्री नेपाली कांग्रेसका प्रतिनिधि हुन् र उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामालाई आफ्नो राजीनामा बुझाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री