शनिबार, १५ वैशाख २०८१

माछापुच्छ्रेको ऋणपत्रमा मागभन्दा बढी आवेदन

समयपोष्ट २०७६ भदौ ४ गते ११:२९

Advertisement

माछापुच्छ्रे बैंकले निश्कासन गरेको ऋणपत्रमा मागभन्दा बढीको आवेदन परेको छ ।

बैंकले साउन ६ गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको ३ अर्ब बराबरको ऋणपत्रमा माग गरेभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

क्रेडिट रेटिङ्ग इक्रा नेपालले बैंकको ऋणपत्रलाई इक्रा एनएपी एलए माइनस रेटिङ्ग दिएको थियो। यसले पर्याप्त कर्जा सुरक्षा (न्यून क्रेडिट जोखिम) रहेको जनाउँछ।

बैंकले कूल ३० लाख इकाई ऋणपत्र निष्काशन गरेकोमा सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला गरिएको थियो। यस्तै १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्रीमा ल्याइएको थियो।

एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा बिक्रीमा ल्याइएको बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था थियो।

सात वर्षे अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा सात वर्षसम्म निरन्तर भुक्तानी पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री