बिहीबार, १३ वैशाख २०८१

प्रुडेन्सियलको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

समयपोष्ट २०७६ भदौ २ गते ९:४१

Advertisement

निर्जीवन बिमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आइतबार बिरगञ्ज पर्सामा सम्पन्न साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए ।

आ.व. २०७४/७५ मा कम्पनीले १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ ।

यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री