शनिबार, १५ कार्तिक २०८२

आज माओवादीको सचिवालय बैठक बस्दै, पार्टी एकताबारे छलफल हुने

समयपोष्ट २०८२ कार्तिक १५ गते ८:०९

Advertisement

पार्टी एकताबारे निर्णय लिन नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ ।

बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री