आइतबार, ११ साउन २०८२

महालक्ष्मी विकास बैंकद्धारा पृथ्वीचन्द्र अस्पताललाई सहयोग

समयपोष्ट २०७६ साउन ७ गते १८:१५

महालक्ष्मी विकास बैंक लि. परासी शाखाले पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरेको छ ।

उक्त शाखाले सो अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरेको हो ।

सो अवसरमा बैंकले अस्पतालका बिरामीहरुका लागि फलफुल समेत वितरणगरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री