आइतबार, ११ साउन २०८२

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

समयपोष्ट २०८२ साउन ११ गते १५:४३

नेप्से परिसूचक १८.४४ अंक घटेर २९६४.२० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने उच्च बढेको छ। आज ३२३ पटकको कारोबारमा २ लाख २ हजार ८०४ पटकको कारोबारमा २६ अर्ब ४२ करोड १८ लाख ९६ हजार रुपैयाँबराबरको ५ करोड ८३ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको हो। विकास बैंक र उत्पादन तथा प्रशाेधन उपसमूहको परिसूचक १ प्रतिशतभन्द बढी बढेको छ। कारोबारमा आएका वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्द बढी घटेको छ।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।

आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको करिब ८९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम ८५ करोड नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री