ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रद श्रावण २१ गते बाट
ग्लोबल आइएमई लघुवित्तले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले श्रावण २१ गते देखि १ः१ अनुपातमा हाल कायम चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ बराबरको ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।
लघुवित्तले हकप्रद प्रयोजनको लागि साउन १ गते शेयर दाखिला खारेजी गरेको थियो। त्यसअनुसार असार ३१ गते सम्म कायम शेयरधनीहरुले मात्रै लघुवित्तको हकप्रद भर्न पाउनेछन्।
हकप्रद ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौं, ग्लोवल आइएमई लघुवित्तको कार्यालय बेसीशहर, शाखा कार्यालयहरु, रङ्गेली मोरङ, पाखरीया पर्सा, कालिका चितवन, विदुर नुवाकोट, पोखरा कास्की, बैजनाथ बाँके, पञ्चपुरी सुर्खेत, गौरीगंगा कैलाली र लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट भदौ २३ गते सम्म आवेदन बुझाउन सकिनेछ।
यस्तै सि-आश्वाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताहरुले अनलाईनबाट पनि हकप्रद भर्न सकिनेछ।
शतप्रतिशत हकप्रद बिक्री पश्चात यस संस्थाको चुक्ता पूँजी २२ करोड ९ लाख १५ हजार रुपैयाँ कायम हुनेछन्।
प्रतिक्रिया