आइतबार, ११ साउन २०८२

कुमारी बैंकको साढे १ करोड कित्ता हकप्रद शेयर सुचीकृत

समयपोष्ट २०७६ साउन ३ गते १२:५१

धितोपत्र बजारमा कुमारी बैंकको साढे १ करोड कित्ता हकप्रद शेयर सुचीकृत भएको छ ।

बैंकले गत बैशाख २८ देखि जेठ ३१ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत अर्थात १ करोड ५२ लाख २१ हजार ७८१ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । सोही शेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्जले दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सुचीकृत गरेको हो ।

बैंकको २० प्रतिशत हकप्रद शेयर र दुई आर्थिक बर्षको २१.२५ प्रतिशत बोनश शेयरपछि चुक्ता पुँजी ८ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री