बिहीबार, १५ चैत २०८०

आँधीखोला लघुवित्तको आईपिओ बाँडफाँट

समयपोष्ट २०७६ असार ३० गते १२:३०

Advertisement

आँधीखोला लघुवित्तको साधारण सेयर बाँडफाँट भएको छ । कम्पनीले गत आइतबार जारी गरेको ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर सोमबार बाँडफाँट गरेको हो ।

बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार साधारण सेयरमा ३ लाख ९ सय ९२ आवेदकबाट ५२ लाख ५० हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ सय ७९ जनाको आवेदन रद्द भएको छ ।

बाँकी ३ लाख ४ सय १३ योग्य आवेदक मध्ये गोलाप्रथाबाट ३७ हजार ५ सय जनाले समान १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा २ लाख ६३ हजार ४ सय २२ आवेदक हातखाली भएका छन् । कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री