बिहीबार, १३ वैशाख २०८१

हिमाल दोलखा हाइड्रोपावरले ७६ लाख कित्ता साधारण सेयर जारी गर्दै

समयपोष्ट २०७६ असार १८ गते १०:३५

Advertisement

हिमाल दोलखा हाइड्रोपावरले ७६ करोड ७२ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले असार २५ गतेदेखि आयोजना प्रभावितले नकिनेको १४ लाख ७२ हजार कित्ता शेयर समेत थप गरी सर्बसाधारणमा प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा ७६ लाख ७२ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

कुल निष्काशनमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन पाउने ब्यवस्था रहेको छ । आइपीओ खरिदको लागि आवेदन दिन चाहाने लगानीकर्ताले सि आश्वा तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिलमार्फत असार २९ गते सम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै शेयर खरिदको लागि आवेदन नपरेमा लगानीकर्ताले ढिलोमा साउन २४ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री