विश्वकपका लगातार आठ खेलमा गोल गर्ने मेस्सी एकमात्र खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। केप भर्डेविरुद्ध अन्तिम ३२ को खेलमा गोल गरेसँगै मेस्सी विश्वकपका लगातार आठ खेलमा गोल गर्ने इतिहासकै एकमात्र खेलाडी बनेका हुन्।

शनिबार भएको रोमान्चक खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्‍यो। प्रतिस्पर्धामा मेस्सीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

Advertisement

खेलको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए।

अतिरिक्त समयको १०३औँ मिनेटमा केप भर्डेका सिड्नी लोपेस काब्रालले गोल गरेपछि खेल फेरि रोमाञ्चक मोडमा पुग्यो। खेलको १११औँ मिनेटमा डिनेको आत्मघाती गोल मद्दतमा अर्जेन्टिनाले ३–२ को संघर्षपूर्ण जित निकाल्यो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री