बुधबार, १२ वैशाख २०८१

सुत्केरी भएपछि कति दिनसम्म यौन सम्पर्क गर्न हुँदैन ?

समयपोष्ट २०७५ साउन ११ गते ९:३४

सुत्केरी भएपछि शरीरलाई सामान्य अवस्थामा आउन समय लाग्छ । चाहे त्यो नर्मल डेलिभरी होस् या सिजरियन । त्यसो भए बच्चा जन्माइसकेको कति समयपछि यौन सम्पर्क गर्न सकिन्छ त ?

Advertisement

-चिकित्सकहरूका अनुसार बच्चा जन्माइ सकेपछि आमालाई ४ देखि ६ सातासम्म आरामको आवश्यकता पर्छ । तर समय महिलाको शारीरिक बनावट र स्वास्थ्य अवस्थामा भर पर्छ । पहिलो पटक आमा भएकाले यो जान्नु जरुरी हुन्छ की सुत्केरी भएको तुरुन्तै यौन सम्पर्क गर्नु हुँदैन । किनकी उनीहरूमा फेरि गर्भ बस्ने सम्भावना हुन्छ ।

-सामान्य होस् वा शल्यक्रिया, दुबै अवस्थाको सुत्केरीपछि टाका लगाउने गरिन्छ । यस अवस्थामा यौन सम्पर्क गर्दा टाकामा खिचावट आउने हुँदा टाका टुट्ने र घाउ हुन सक्छ ।

-सामान्य र शल्यक्रिया दुबै किसिमको सुत्केरीपछि संक्रमणको खतरा बढेर जान्छ । किनकी दुवै अवस्थामा पाठेघरको आकार ठूलो हुन्छ । जसले गर्दा ब्याक्टेरिया सजिलै पाठेघरमा प्रवेश गर्छ र यो अवस्थामा यौन सम्पर्क गर्नाले इन्फेक्सन हुने खतरा दुई गुणाले बढी हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री