शुक्रबार, १६ चैत २०८०

‘अन्ततः दम्भ र अहंकारको सिंहासनमा बस्नेहरु झुक्न बाध्य भए’

समयपोष्ट २०७५ साउन ११ गते ९:१४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार डा. गोविन्द केसीबीच भएको ९ बुँदे सहमति नेपाली जनताको जित भएको बताएको छ । शुक्रबार संसदमा बोल्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सरकार र डा. केसीबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरे । नौुंबँदे सहमतिलाई संसदको सम्पति बनाउनसमेत उनको माग थियो ।

Advertisement

डा. केसी विपक्षीहरुले चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन आग्रह गर्दा सरकारलेन सुनेको स्मरण गर्दै नेता रिजालले भने, ‘अन्ततः दम्भ र अहंकारको सिंहासनमा बस्नेहरु जनताको सामुन्ने झुक्न बाध्य हुनुपर्यो । आज हाम्रा लागि खुसीको दिन हो, जनताका लागि खुसीको दिन हो । ’

त्यस्तै, कांग्रेसले सभामुख र उपसभामुख एउटै दलको भएकामा संविधानमो पालना गर्न माग गरेका छन् । उनले अदालतमा मुद्दा परेको भनेर नपन्छिन माग गरे। यस विषयमा अदालतलाई करकापमा पार्ने र अदालतलाई दबाब दिने काम भएको रिजालको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री