सुनको मूल्यमा भारी गिरावट
समयपोष्ट
२०८२ कार्तिक २ गते १२:०९
सुनको मूल्यमा आज उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला चार हजार ८ सय रुपैयाँले घटेको छ।
गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज दुई लाख ५३ हजार २ रुपैयाँमा किनबेच भइरहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया