बिहीबार, १३ वैशाख २०८१

सिभिल बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता

समयपोष्ट २०७५ साउन ८ गते ८:५१

सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।

Advertisement

यससंगै बैंकका ६८ शाखाहरु मार्फत इन्स्योरेन्सका ग्राहकहरु जीवन वीमा सेवा प्राप्त गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।

नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी बिभिन्न जीवन वीमाका योजनाहरु ल्याईएको जानकारी दिए ।

बैंकले जीवन वीमा कम्पनीहरु मेटलाइफ र एल.आई.सी. नेपाल तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री