शुक्रबार, ७ वैशाख २०८१

इन्डिया गेट र लालकिला चामलको भात खानेले मार्सी चामलको विज्ञापन गरे : प्रधानमन्त्री ओली

समयपोष्ट २०७५ साउन ८ गते ८:३१

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेको मार्सी चामलको भातबारे प्रतिक्रिया दिएका छन् । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुर्गा प्रसाईंको घरमा गएर मार्सी चामलको भात खाएको तर त्यसको स्वाद मिठो नहुने बताए ।

Advertisement

‘मैले जिन्दगीभर आडम्बरी कुरा गरेको छैन, दुर्गा प्रसाईंको घरमा गएर प्रचण्डजी र मैले भात खाएका हौं । भात खानु गलत हो भने गलत हो तर त्यसको फोटो खिचेर फेसबुकमा राख्नु गलत होइन,’ प्रधानमन्त्री ओलीले भने,‘मार्सी चामल भन्या पनि के नै हो र त्यसको भात पनि मिठो हुँदैन। इन्डिया गेट र लालकिलाका चामलको भात खानेले अहिले यसलाई मुद्दा बनाएका छन् ।’

प्रधानमन्त्री ओलीले विपक्षीसँग अरू केही मुद्दा नभएकाले मार्सी चामलको विज्ञापनमा हिँडेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री