बालुवाटारमा शीर्ष नेताहरू छलफलमा
समयपोष्ट
२०८२ साउन १५ गते १३:०७
सत्तारुढ गठबन्धनका प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा रहेका मन्त्री हेरफेर, बागमती प्रदेश सरकारमा देखिएको किचलोलगायतका विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी सहभागी छन्।
प्रतिक्रिया