आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ८६ पैसा र बिक्रीदर १४० रुपियाँ४६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ९९ पैसा र बिक्रीदर १६० रुपियाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ९९ पैसा र बिक्रीदर १८५ रुपियाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ०६ पैसा र बिक्रीदर १७२ रुपियाँ ८० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ१० पैसा र बिक्रीदर ९० रुपियाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०४ पैसा र बिक्रीदर १०१ रुपियाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ८० पैसा र बिक्रीदर १०८ रुपियाँ २६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ४४ पैसा र बिक्रीदर १९ रुपियाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०८ पैसा र बिक्रीदर ३८ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७९ पैसा र बिक्रीदर ३२ रुपियाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३४ पैसा र बिक्रीदर १४ रुपियाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४४ पैसा र बिक्रीदर २१ रुपियाँ ५३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८२ पैसा र बिक्रीदर १७ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ १८ पैसा र बिक्रीदर ४५९ रुपियाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपियाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ २६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ८२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया