शनिबार, १७ साउन २०८२

चक्रे मिलन ४७ जना ‘गुन्डा’ पक्राउ

समयपोष्ट २०८२ साउन १६ गते ७:२७

प्रहरीले काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनाभन्दा बढीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कुख्यात गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) पनि छन्। चक्रे मिलनलाई महाराजगन्जको साम्बाला होटलबाट पक्राउ गरिएको हो। उनी यसअघि २०७४ वैशाख २६ मा पनि सोही क्षेत्रबाट पक्राउ परेर छुटेका थिए।

काठमाडौँका एसएसपी विश्व अधिकारीले गुण्डागर्दी नियन्त्रणका लागि बिहीबार रातभर सक्रिय रूपमा अपरेसन चलाएका थिए। प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले भने, “अवाञ्छित गतिविधिमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ, पक्राउको संख्या यकिन हुँदैछ।”

यसैगरी, साउन १५ को बिहान ३ बजे ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाई पनि प्रहरीले पक्राउ गरेको थियो। नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। नुवाकोटको ककनी गाउँपालिका–५ का ३३ वर्षीय सानुभाइ टोखाको सूर्यदर्शन हाइटमा बस्दै आएका थिए। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए।

रेस्टुरेन्ट र रात्रि क्लबहरूमा झैझगडा गर्ने र हप्ता असुल्ने गुनासो बढेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध विशेष अपरेसन चलाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री