पेट्रोलको मूल्य घट्यो, डिजेल र हवाई इन्धन बढ्यो
समयपोष्ट
२०८२ साउन १५ गते २२:१३
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा घटबढ गरेको हो।
नयाँ मूल्य समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ। यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। आन्तरिक हवाई इन्धनको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ।
यसैगरी, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर २१ डलरले बढेको निगमले जनाएको छ।
यो मूल्य समायोजन तत्कालै लागू हुने निगमले जानकारी दिएको छ।
प्रतिक्रिया