बिहीबार, १५ साउन २०८२

उच्च अंकले घट्यो नेप्से परिसूचक

समयपोष्ट २०८२ साउन १४ गते १५:३३

नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७४ अंक घटेको छ।

३२७ स्टकको १ लाख ४१ हजार ५२० पटकको कारोबारमा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँबराबरको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत घटेको छ। विकास बैंक उपसमूहको परिसुचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

सान्भि इनर्जी र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सान्भि इनर्जीको शेयर निरन्तर नवौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने ट्रेड टावरको शेयर निरन्तर दशौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ७३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम ५७ करोड नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री