शुक्रबार, १६ साउन २०८२

रिभर फल्सले ७० करोडको हकप्रद शेयर निष्काशन गर्ने, तोक्यो बुकक्लोज मिति

समयपोष्ट २०८२ साउन १५ गते १०:३४


रिभर फल्स पावर कम्पनीले आफ्नो हालको चुक्ता पूँजीको १:१ अनुपातमा ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

यो शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको स्वीकृति प्रदान गरेको थियो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुकक्लोज मिति तोकेको छ। यसअनुसार, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री