शुक्रबार, १६ साउन २०८२

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

समयपोष्ट २०८२ साउन १५ गते ६:४९

आज शिव श्री हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि, साउन १६ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ। तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ। यसअनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री