आइतबार, ११ साउन २०८२

चितवनमा आइतबार ६ घण्टा लोडसेडिङ

समयपोष्ट २०८२ साउन १० गते २२:४७

नेपाल विद्युत प्राधिकरणले चितवनमा ६ घण्टा विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।

भरतपुरस्थित १३२/३३ केभी सब स्टेशनबाट वितरित विद्युत् लाइनमा अत्यधिक लोड भएको भन्दै तीनवटा मुख्य फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको प्राधिकरणले जनाएको छ ।

अत्यधिक गर्मीका कारण वर्षा नभएपछि निम्न तीन फिडरहरुमा विद्युत अवरुद्ध हुने भएको हो ।

१. नारायणी (माडी) फिडरहरू – बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म

२. मेघौली (विजयनगर, शुक्रनगर) फिडरहरू – बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म

३. जगतपुर (रामपुर) फिडरहरू – दिउँसो १२ देखि ३ र राति ९ देखि १२ बजेसम्म

प्राधिकरणका अनुसार निर्धारित समयभन्दा अगाडि नै विद्युत आपूर्ति हुनसक्ने पनि बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री